एन्जल्स हर्टको मिश्रित प्रदर्शन



नेपाल समाचारपत्र, काठमाडौं। 

आयोजक एन्जल्स हर्टले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार मिश्रित प्रदर्शन गरेको छ।

एन्जल्स हर्ट ‘ए’ ले सफलता पायो भने ‘बी’ टिम पराजित भएको हो। मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हर्ट ‘ए’ ले गोल्डेनपिकलाई ४०–३४ ले पराजित ग¥यो। विजयी टिमका लागि प्रतीक गौली र रोशन श्रेष्ठले समान ८–८ अंक जोडे। नेसनल युनाइटेडले एन्जल्स हर्ट ‘बी’ लाई २६–२४ ले हरायो। नेसनल युनाइटेडका रोशन मल्लले १२ स्कोर गरे।

अन्य खेलमा एचएचसीएले एनईएलाई ४०–३५, सेबले नेपाल मोडेललाई २८–२३, लालीगुराँसले ईबीएलाई २०–१४, ग्रिनफिल्डले नवोदितलाई ३४–२० र बीएनएले काठमाडौं भ्यालीलाई ३४–१९ ले पाखा लगाए।

प्रतियोगिताको नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने र एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे। माघ २० गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा २० टिम सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्