सवारी भाडामा छुट लिने ? अन्तर्वार्ता दिनुस्



धरहरालाई थाहा छ, विद्यार्थी परिचयपत्र देखाएबापत उनीहरूले कुल भाडाको ४५ प्रतिशत छुट प्राप्त गर्छन्। आइतबार काठमाडौंको बुढानीलकण्ठ रुटमा बस चलाउने सवारी चालकले १२ कक्षामा अध्ययनरत एक युवालाई सहचालकले प्रश्न गरे– ‘तपाई के विषय पढ्नुहुन्छ ?’

जवाफ आयो ‘म्यानेजमेन्ट’ पुनः सहचालकले प्रश्न गरे ‘तपाई म्यानेजमेन्ट पढ्ने हो भने ल भन्नुस् त केन्द्रीय बैंकका कामहरू के के हुन् ?’

विद्यार्थी अलमलमा परे। ‘तपाईं विद्यार्थी होइन, परिचयपत्र ढुस भयो, यो अब हामीसँगै रहन्छ।’ विद्यार्थी आज्ञाकारी छात्रजस्तो चुपचाप बाटो लागे।

‘चालक सहचालकले पढेकै हुँदैन ? हामीलाई हेप्नी’‘विद्यार्थीको काम पढ्ने हो। त्यसैले त उनीहरूलाई सहज होस् भनेर सरकारले ४५ प्रतिशत छुट दिएको छ’ सहचालक भाषण दिने मूडमा प्रकट भए, ‘मैले पनि एक पटक हेर्दा फर्जी परिचपत्रजस्तो लागेर विद्यार्थीलाई प्रश्न गरेको थिएँ। तर विद्यार्थीले उत्तर भन्न सकेनन् र मैले तत्कालै उनको परिचयपत्र सिज गरिदिएँ।

यस्ता फर्जी व्यक्तिहरूले कहाँबाट परिचयपत्र लिए त्यो जान्न मन छ मलाई ’धन्य, धरहरा विद्यार्थी नभएकोले बच्यो । नत्र यसले पनि कार्ड देखाउँथ्यो र अन्तर्वार्ता दिन बाध्य हुन्थ्यो।

पछि बाइनाकुलर लगाएर हेर्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठ कसैलाई सतर्क गराउँदै गरेका देखिए– ‘परिचयपत्र जाँच्न त पाइन्छ, तर अन्तर्वार्ता नै लिन मिल्दैन, कारबाही हुन्छ।’

प्रतिक्रिया दिनुहोस्