अरूण तेस्रोको पावर हाउस स्थलमा बम विस्फोट



संखुवासभा, (नेस) ।

संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसमा आइतबार विहान बम विस्फोट भएको छ। अज्ञात समूहले गराएको बम विस्फोटबाट जेनेरेटर र पर्खालमा क्षति पुगेकोे छ।
जिल्लाको चिचिला गाउँपालिका ३ दिदिङस्थित अरूण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसस्थलमा उक्त जेनेरेटरबाट मेसिन, उपकरण सञ्चालनका लागि प्रयोग गरिँदै आएको थियो। बम विस्फोटबाट नजिकै रहेको पर्खाल र जेनेरेटर पूर्ण रुपमा क्षति भएको बताइएको छ।

यसअघि पनि अरूण तेस्रो पावर हाउसस्थल दिदिङमा पटक–पटक बम विस्फोट भएका थिए। अरूण तेस्रो आयोजना भारतीय कम्पनी सतलुज कम्पनीले निर्माण गरिरहेको छ।

अहिले आयोजनाले ड्याम साइड र पावर हाउस स्थलमा सुरुङ खन्ने र सडक निर्माण गर्ने काम भइरहेको छ। अहिलेसम्म करिब २५ प्रतिशत काम सम्पन्न गरेको उक्त आयोजनाबाट ९ सय मेगावाट विद्युत् उत्पादन हुने र सन् २०२२ मा निर्माण सम्पन्न गर्ने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्