वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न



राष्ट्रका लागि परिवर्तन र परिवर्तन लागि इन्जिनियरिङ ” भन्ने नाराका साथ माघ १० गतेबाट शुरु भएको तीन दिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा फोटोग्राफी, क्विज, टे«जर हन्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ च्यालेन्ज, मोडल कम्पिटिसन, ओलमपियाड गरी ९ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो। उक्त प्रदर्शनीमा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो।

प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए।

कार्यक्रम सिभिल इन्जिनियर विधार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ केन्द्रीय क्याम्पस पुल्चोकको आयोजनामा भएको थियो। वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि केडिया अर्गनाईजेसन अन्तर्गत एउटा प्रभाग हो।

यो कम्पनी भैरहवामा छ। वृज सिमेन्ट उद्योगले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पस्पीसी), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पीएससी) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ।

कम्पनीले साधारण पोर्टल्यान्ड सिमेन्टमा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने पीपीसी सिमेन्टअन्तर्गत वृज, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट ब्रान्डहरू उत्पादन गर्दछ र पीएससी सिमेन्ट अन्तर्गत वृज सुपर पावर व्राण्डउत्पादन गर्दछ।

प्रतिक्रिया दिनुहोस्