ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो



ज्योति लाइफ इन्स्योरेन्स चालू आर्थिक वर्षको दोस्रो त्रैयमासको वित्तीय विवरण प्रकाशन गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले कुल बीमा शुल्कमा १३६ प्रतिशतले वृद्धि भई ७५ दशमलब १४ करोड आर्जन गरी दीर्घकालीन तथा अल्पकालीन लगानीमा क्रमशः २७ प्रतिशत र २७९ ले वृद्धि गरेको छ।

त्यस्तै कम्पनीले व्यवस्थापन खर्चमा भएको ४७ प्रतिशतको वृद्धि भएको छ भने खुद नाफामा समेत ७ प्रतिशतले सुधार गर्दै ६ दशमलब ८९ करोड नाफा गर्न सफल भएको छ।

कम्पनीले दोस्रो त्रैयमासमा जगेडा कोषमा समेत ९५ प्रतिशतले वृद्धि भई ३३ दशमलब ४६ करोड कायम हुन भएको छ। जीवन बीमा कोषमा २६७ प्रतिशतले वृद्धि भई १ दशमलब २१ अर्ब रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपियाँ ९५ पैसा रहेको भने प्रतिशेयर नेटवर्थ १२४ रुपियाँ १५ पैसा छ।

प्रतिक्रिया दिनुहोस्