अजोड इन्स्योरेन्सले शेयर निष्काशन गर्ने



अजोड इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन तथा प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ।

अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभूतिकर्ता नियुक्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्