प्रभु बैंकको २०५औं शाखा खुल्यो



प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा २०५औं शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखा रोहिणी गाउँपालिकाका ध्यक्ष सनोज कुमार यादवले उद्घाटन गर्नु भएको थियो।

धकधई शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्