भारतको ७१औं गणतन्त्र दिवस मनाइयो



काठमाडौं, (नेस)।

काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रम गरी ७१औं गणतन्त्र दिवस मनाएको छ। कार्यवाहक राजदूत डा. अजयकुमारले झन्डोत्तोलन गर्दै कार्यक्रम आरम्भ गरी भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनुभएको थियो।

गणतन्त्र दिवसको अवसरमा राजदूत कुमारले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना निकट नातेदारलाई ५ करोड ९७ लाख रुपियाँ नगद तथा कम्बल वितरण गर्नुभएको थियो।

सो अवसरमा राजदूतावासले विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थालाई पुस्तक प्रदान गरेको थियो।राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थालाई ६ वटा बस पनि वितरण गरेको थियो। हालसम्म दूतावासले ७ सय ८२ एम्बुलेन्स तथा १ सय ५४ बस प्रदान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्