टिम लिडरमा भ्रष्टाचारको जरो



बाजुरा, (नेस)।

नेपालमा सामान्य कर्मचारी कार्यकर्ताभन्दा पनि पार्टीपंक्तिका शीर्ष नेताहरुमै भ्रष्टाचारको जरो रहेको संघीय समाजबादी पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले आरोप लगाउनुभएको छ।

आइतवार सदरमुकाम मार्तडीमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकीकरण कार्यक्रमको पत्रकार सम्मेलनमा नेता कार्कीले यस्तो बताउनुुभएको हो।

नेकपा र कांग्रेस नेतृत्वलाई इंगित गर्दै नेपालका ठूला दलको नेतृत्व पंक्तिमा बसेकाहरुको सम्पत्ति ठूला व्यापारीभन्दा बढी भएको र तिनीहरुको आर्थिक हैसियत दिन प्रतिदिन कसरी बढेको छ भनी प्रश्न गर्नुभयो।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल “प्रचण्ड” र शेरबहादुर देउवाको नामै लिएर यिनीहरुको सम्पत्ति देख्दा ठूला उद्योगी व्यापारीभन्दा कम नरहेको ठोकुवा गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्