‘उपसभामुख छिट्टै’



काठमाडौं, (नेस)।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबारे छिट्टै निर्णय हुने बताउनुभएको छ। संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारको प्रश्नमा नेकपाका अध्यक्षसमेत रहेका उहाँले यस्तो जानकारी दिनुभएको हो।

संविधानतः सभामुख र उपसभामुख फरक–फरक दल र लिंगको हुनुपर्नेछ। राजपाले सभामुखमा नेकपाकाका सापकोटालाई समर्थन गरेकाले उक्त पद उसले पाउने आस गरेको छ भने कांग्रेसले पनि आफ्ना तर्फबाट उम्मेदवारी नदिएर घुमाउरो पाराले नेकपालाई नै सहयोग गरेको छ।

तर कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले संसद्मा बोल्दै आफ्नो पार्टी उपसभामुख माग्न कमण्डलु लिएर नआएको बताउनुभयो। उक्त अवसरमा उहाँले सापकोटालाई निष्पक्ष भएर काम गर्न सुझाव दिनुभयो।

यसैबीच नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार उपसभामुख चयनका विषयमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्