शिक्षकले बालकलाई कुट्दा भाँचियो हात



न्युज अफ नेपाल, सिरहा । सिरहामा शिक्षकले बालकलाई कुट्दा हात भाँचिएको छ । सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालाको छात्रावासमा रहेर कक्षा ६ मा अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो ।

नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै आइतबार लट्ठीले कुट्दा उनको हात भाँचिएको बालकका बुवा बसन्त यादवले जानकारी दिएका हुन् । ऋतिकको उपचार उनकै परिवारले गराएको छ । अहिले ऋतिक घरमा नै आराम गरिरहेको छ ।

ऋतिकका बुबा बसन्तले आफ्ना छोरालाई कुट्ने शिक्षकविरुद्व प्रहरीमा जाहेरी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्