चाँदीका गरगहनासहित दुई पक्राउ



सुभेन्द्र दास, लहान ।

अवैध चाँदीका गरगहनासहित २ जना पक्राउ परेका छन । मोरङको पथरी शनिश्चरे नगरपालिका–१४ बस्ने ३० वर्षीय सुमन बिश्वकर्मा र झापाको शिवसतासी नगरपालिका–८ बस्ने ३८ वर्षीय दलबहादुर बिश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार शनिबार साँझ ६ बजे सिरहाको लहान नगरपालिका–८ दुर्गा मन्दिरस्थित ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट चाँदीका गरगहना बरामद भएको थियो ।

पक्राउ परेका दुबैको साथबाट चाँदीको ठुलो व्रास्लेट २७ थान, सानो ब्रासलेट १८ थान, चाँदीको औँठी १ सय ९६ पिस, चाँदीको बाला ५८ पिस, चाँदीको लेडिज ब्रासलेट २५ पिस र चाँदीको ड्राईगेन ४० पिस गरी जम्मा ५७४२.७५० ग्राम अन्दाजी ३ लाख ६० हजार बराबरको चाँदीका गरगहना बरामद भएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । पक्राउ परेका दुबैलाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय ठाडीमा बुझाएको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्