मानब बेचबिखन बिरुद्ध शब्द संसार



न्युज अफ नेपाल, काठमाडौँ ।

मञ्चबिहीनको मञ्चको आयोजनामा भएको साहित्यिक कार्यक्रम शब्द संसार संपन्न भएको छ । बरिष्ठ पत्रकार एवम सम्पादक मानव बेचबिखन बिरूद्ध कलम चलाई मानब बेचबिखन बिरुद्ध अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार समेत प्राप्त गरेका टंक पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १० वटा रोचक कबिता बाचन गरिएको थियो ।

प्रमुख अतिथि टंक पन्तले बोल्दै कार्यक्रममा आएको रचना बारे विश्लेषण गर्देै भन्नुभयो– ‘मानव बेचबिखन र त्यसको प्रारूपबारे आएको सबै रचना प्रसंसायोग्य छ , यस्तो अनौठो साहित्यको कार्यक्रम जसले मन्च पाउँदैन उसैलाई मन्च दिने कार्यक्रम गरेकोमा आयोजकलाई शुभकामना छ ।’बिशेष अतिथि सुनिता दनुवारले सुनिता फाउन्डेशनलाई आयोजकले रोजेर चेलीको दुःख सुखमा रचना मार्फत सहभागी गराएकोमा आभार प्रकट गर्नु भयो । उहाँले भन्नुभयो– ‘मैले पनि कविता जीवनमा पहिलो पल्ट सुनाए , मज्जा लागिरहेको छ ।’

अतिथि साहित्यकार एमजे झाले कवितात्मक शुभकामना दिनुभएको थियो । कार्यक्रममा लेखनकुन्जका अध्यक्ष एवम कार्यक्रमका संरक्षक कमल ढकालले साहित्य अक्षर मात्र हैन जीवन हो र त्यसले समयको आवाज झल्काउने भएकोले आजको दिन नेपाली साहित्यको लागि पनि विशेष दिन भएको बताउनु भयो ।
कार्यक्रममा आयोजक गंगा खड्काले कार्यक्रमको उद्देश्य र लक्ष्य बारे, लिलामाया ढकालले स्वागत, रेजु पोखरेलले धन्यवाद ज्ञापन एवम शान्ता पोखरेलले सन्चालन गर्नु भएको थियो ।

प्रत्येक अंकमा दस जना मन्च विहिनको रचना सुनाउने र त्यसलाई परिमार्जन गरि पुस्तक निकाल्ने आयोजकले बताएको छन् । कार्यक्रममा स्वस्तिका दनुवार, अनिल लामा, सपना पौडेल, निरज प्याकुरेल, अुनष्का थापा, पुजा भुषाल, बिमला रायमाझि, सिर्जना दनुवार, सिर्जना शर्मालेमनव बेचबिखन बारे, महिला पुरुष भेदभाव बारे, बैदेशिक रोजगारले ल्याएको बिचल्लिबारे गीत, गजल, कविता, मुक्तक र निबन्ध प्रस्तुत गरेका थिए । सुनिता फाउन्डेश गौरिघाटमा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्