लागूऔषध मुद्दाका फरार प्रतिवादी तीनवर्षपछि पक्राउ



न्युज अफ नेपाल, पर्सा ।

लागूऔषध गाँजा चरेश मुद्दाका फरार प्रतिवादी पर्सागढी नगरपालिका–४ का ३३ वर्षीय प्रमोद राउत डोमलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको २०७३ बैसाख १२ गतेको फैसलाले लागूऔषध मुद्दामा एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए । शुक्रबार उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्