अरुण तेस्रो जलविद्युतको पावर हाउसमा बम विस्फोट



न्युज अफ नेपाल, संखुवासभा ।

संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउसमा बम विस्फोट भएको छ । विस्फोट भएको स्थानको वरपर प्रेसर कुकरका टुक्रा भेटिएको छ । नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले विस्फेट गराएको आशंका गरिएको छ । बम विस्फोटबाट जेनेरेटर र पर्खालमा क्षति पुगेकोे छ ।
भारतिय कंम्पनि सतलुज कम्पनिले अरुण तेस्रो आयोजनाको निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्