सुत्केरी बस्ने बैकल्पिक गोठ बनाउँदै गाउँले



ललित सिंह, बझाङ ।
खप्तडछान्ना गाउँपालिका ७ गडराय गोर्खाली गाउँबस्ने बंश खड्काकी बुहारी दुईसाता पछाडी सुत्केरी हुने अवस्थाकी छन् । यस अगाडी महिलाहरु सुत्केरी हुँदा र महिनाबारी हुँदा बस्ने बनाएका छाउँगोठहरु भत्काएपछि खड्कालाई बुहारी सुत्केरी हुँदा कहाँ बसाल्ने भन्ने चिन्ता छ । गाउँमा रहेका छाउँगोठ भत्काएपछि बुहारीलाई सुत्केरी हुन घरभित्र बसाल्नु पर्ने तर खड्कालाई पनि देबिदेवता रिसाउँने डर भएकाले उनी सुत्केरी हुने बुहारीलाई भित्र बसाल्ने अवस्थामा छैनन् ।

खड्काले सुत्केरी हुने बुहारीका लागी नयाँ छाउँगोठको ताजोपाजो गरिरहेका छन् । घर भन्दा अलि टाढा रहेको सुत्केरी बसाल्ने छाउँगोठ केहि दिन अगाडी प्रहरी आएर भत्काई दिएपछि सुत्केरी हुने बुहारीका लागी बंश खड्का आफ्रनो घरको कौर्शीको भुई पट्टी काठको फल्याक मिलाएर सानो खोका बनाउन थालेका छन् ।
बुहारी सुत्केरी हुने अब केहि दिन बाँकी छ नयाँ छाउँगोठ निमार्ण गरिरहेका बंश खड्काले भने सुत्केरी हुने ब्हारीलाई घरभित्र बसाल्न देवीदेवताको डर छ त्यसैले नयाँ बस्ने ब्यावस्था गर्दै छु । यस गाउँमा महिलाहरु सुत्केरी हुँदा छाउँगोठमा नै १९ दिन सम्म बस्ने गर्दछन् । यस्ता गोठमा सुत्केरी र महिनावारी भएका महिलाहरु बस्ने गर्दछन् ।

घर बाहिर छाउँगोठमा बस्ने सुत्केरी महिलाहरु बिसौ दिनको दिन नुहाईधुवाई गरी गाईको गौत खाई, घर भित्र जाने गर्दछन् । साथै लुगाकपडा, आफ्रनो शरिर र नवजात शिशुको शरिरमा पनि गौत र्छके पछि सुत्केरी महिलाहरु शुद्धभएको मानेर घरभित्र बसाल्ने प्रचलन रहेको छ ।

गोर्खाली गाउँका बयबृद्ध गोरख बहादुर सिंहले भने गाउँघर कुनाकन्धरामा हामी देवीदेवताकै आशभरोसाले बसेका छौ तर सरकार आएर छाउँगोठ भत्काएर गयो गाउँमा देविदेवता छाउँपडि प्रथा मान्नु पर्छ भनेर भन्छन् हामीलाई दोधार भैरहेको छ । उनले भने प्रहरी आएर धमाधम छाउँगोठहरु भत्काएर गए अब सुत्केरी हुँदाँ र महिनाबारी हुँदा महिलाहरु कता बस्ने भन्ने गाउँलेहरुलाई चिन्ता लागेको छ । प्रहरीहरुले यस गाउँमा १५ वटा छाउँगोठहरु भत्काएका थिए । छाउँगोठ भत्काए पनि गाउँलेहरुले सुत्केरी हुने महिलाहरु र महिनाबारी हुने महिलाहरुका लागी आफ्नै घर नजिकै भए पनि बैकल्पीक छाउँगोठहरु निमार्ण गरिरहेका छन् ।
खप्तडछान्ना-७ का वडाध्यक्ष राम बहादुर सिंहले भने प्रहरी प्रशाशन सहित हामी जनप्रतिनिधीहरु मिलेर छाउँगोठहरु त धेरै भत्कायौ तर गाउँलेहरु देबीदेवताको डरले घर भित्र बस्न सक्दैनौ भन्छन् गाहा्रे छ । नेपाल सरकार गृहमन्त्रालयवाट परिपत्र आएपछि जिल्लाको प्रहरी प्रशाशनले छाउँगोठ भत्काउने अभियान एक महिना अगाडीनै चलाएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार जिल्ला भरी ९९ भन्दा बढी छाउँगोठ भत्काएको जनाएको छ ।
प्रहरी प्रशाशनले छाउँगोठ भत्काउने अभियान चलाए पनि तर गाउँघरका मानिसहरु भने तत्काल छाउँपडी प्रथा सुधार नहुने र यसकालागी जनचेतना साथै गाउँलेहरुको आर्थिक अवस्थामा सुधार गरिनु पर्ने जोडदिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्