नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच छलफल भएको छ। पार्टी एकताको १९ महिनापछि पुस २३ गते बोलाइएको केन्द्रीय समितिको बैठक राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले माघ १५ गतेका सारिएको थियो। गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। बालुवाटारमा आइतबार बिहान १० बजेबाट २ बजेसम्म उहाँहरुबीच छलफल भएको हो।

दुई अध्यक्षबीच भएको भेटमा उपसभामुख पद कुन दललाई दिने भन्ने विषयमासमेत छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। आइतबार सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका सांसद अग्‍निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन्। संसदमा नेकपाको बहुमत रहेकाले नेकपाले चाहेको व्यक्ति नै उपसभामुख हुने भएकाले पनि दुई अध्यक्षबीच छलफल भएको हो।

उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि खाली रहेको उपसभामुख पदका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपा आफूले पाउनुपर्ने दाबी गर्दै आएका
छ‍न्।

प्रतिक्रिया दिनुहोस्