महायज्ञमा ११ करोड संकलन गर्ने लक्ष्य



यमलाल भुसाल, बुटवल ।

मानवसेवा आश्रम ५ नं. प्रदेश शाखाले आफ्नो भवननिर्माण तथा अक्षयकोषको स्थापनाका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

महायज्ञवाट एघार करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको र यो सबैको स्वेच्छिक सहयोगबाट संकलन हुने आईतवार बुटवलमा पत्रकार सम्मेलनमा जनाईएको छ ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मानवसेवा आश्रमले मानवता प्रवद्र्धनको लागि अत्यन्त महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै बुटवल उपमहानगरपालिका क्षेत्रभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहनु नपर्ने नगर घोषणा भइसकेको बताउनुभएको छ ।

लोकनाथ भूसालको संयोजकत्वमा ५०१ सदस्य महायज्ञ मूल आयोजक समिति घोषणा गरेको छ । त्यसैगरि २८ ओटा विभिन्न उपसमितिहरुको घोषणा गरिएको हो । मानवसेवा आश्रम ५ नं. प्रदेश संयोजक रुपा केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले महायज्ञका वारेमा प्रकास पार्नु भएको थियो ।

मानवसेवा आश्रम २०८२ सालभित्र नेपाललाई नै सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन) सडक मानव रहित राष्ट्र नेपाल निर्माण गरिने लक्ष्य सहित अघि बढिरहेको छ ।

देशका सम्पूण (सातै) प्रदेशमा १९ ओटा शाखा रहेको मानवसेवा आश्रमको बुटवलको सुख्खानगरमा २ ओटा सेवाकेन्द्रहरु सञ्चालनमा रहेका छन । त्यहाँ १३० जनाले संरक्षण लिइहेका छन् ।

प्रतिक्रिया दिनुहोस्