प्रतिनिधिसभाको अर्काे बैठक मंगलबार बस्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधिसभाको अर्काे बैठक मंगलबार बस्ने भएको छ । आइतबार सभामुखमा नेकपाका अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा नेकपाका उपनेता सुवास नेम्बाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्