सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकमा सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा नेकपाका उपनेता सुवास नेम्बाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गरेका थिए ।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागे लगत्तै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा गत असोजदेखि सभामुखविहीन भएको थियो ।

सापकोटालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ गराउनेछिन् ।

प्रतिक्रिया दिनुहोस्