बालाजुमा प्राविधिक रोजगार मेला, दुई दिनसम्म सञ्चालन हुने



न्युज अफ नेपाल, काठमाडौं ।

बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले यही माघ १४ गते प्राविधिक रोजगार मेला आयोजना गर्ने भएको छ ।

टेक्नोलोजीले प्राविधिक शिक्षाको महत्वलाई बोध गराउन प्राविधिक शिक्षा तथा व्यावसाियक परिषद् तालिम परिषद्मा आबद्ध संस्थाहरु भेला गराई मेला आयोजना गर्न लागेको हो । मेला प्राविधिक एसएलसी र डिप्लोमा ईन्जिनियरिङका प्रशिक्षार्थीहरुलाई लक्षित गरिएको छ । मेलाबाट १ हजार प्र्राविधिक जनशक्ति प्रत्यक्ष लाभान्वित हुने पनि टेक्नोलोजीले दाबी गरेको छ ।

प्राविधिक जनशक्ति र उद्योगीहरु एवं रोजगारदाता माझ परिचय गराई रोजगार प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको जब प्लेस्मेण्ट एण्ड काउनसेलिङ युनिटका टिम लिडर शिव कारञ्जितले आईतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो ।

‘मेला प्राविधिक जनशक्तिलाई रोजगारीको अवसर प्रदानको लागि एउटा मञ्चको रुपमा लिएका छौं । साथै यसले उद्योगीहरुलाई पनि आफ्नो आवश्यकता अनुसार प्राविधिक छनौट गर्न सघाउने छ ।’ टिम लिडर कारञ्जितले भन्नुभयो ।

यस मेला दुईदिनसम्म सञ्चालन हुने छ । मेलामा सिप्रदी, पञ्चकन्या, युनाईटेड वायर लगायत २५ वटा बढी प्रतिष्ठित उद्योगीहरुको स्टल रहने टेक्नोलोजीले जनाएको छ । त्यसैगरी रोजगार र प्राविधिक शिक्षा महत्व बारे कार्यशाला गोष्ठी, विद्यार्थीहरुबाट उत्पादित वस्तुहरुको प्रदर्शन हुने टेक्नोलोजीका निमित्त शिक्षालय प्रमुख बैकुण्ठ श्रेष्ठले बताउनुभयो ।

टेक्नोलोजीले यस अघि २०७३ सालमा पहिलो रोजगार मेला आयोजना गरेको थियो । पहिलो मेलाबाट उत्साहित हुँदै दोस्रो मेला आयोजना गरिएको बताउँदै टेक्नोलोजीका उपप्रमुख शंकर श्रेष्ठले भन्नुभयो ‘ सीप जानेको व्यक्तिले सजिलै काम पाउन भएकोले अहिले प्राविधिक शिक्षाको महत्व झन्झन् बढीरहेको छ । गरिबी निवारणका लागि यसले ठूलो भूमिका निर्वाह गर्न सक्दछ । श्रम बजारमा प्राविधिक जनशक्तिको माग बढीरहेको छ । यसले गर्दा मेला फेरी आयोजना गर्न लागेको हुँ ।

टेक्नोलोजीको हालसम्म तथ्याकं अनुसार प्राविधिकमा विषयमा ४ हजार ३ सय ९५ जनाले डिप्लोमा कोर्श पुरा गरिसकेको छ भने देशका विभिन्न जिल्लाबाट वर्षेनी सीप सिक्न आउनेहरु करिब ८ सयको हाराहारीमा रहेको छ । मेकानिलक, ईलेक्टिकल, सिभिल, अटोमोबाईल,स्यानिटरी र अप्थाल्मिक विषयमा डिप्लोमा, १८ महिना र २४ महिना र एक महिने कोर्शपनि सञ्चालन गरिरहेको टेक्नोलोजीले जनाएको छ ।

मेकानिकल टेनिङ सेन्टरको रुपमा २०१८ सालमा स्थापित सो संस्था २०५७ सालमा टेक्नोलोजी रुपमा परिणत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्