सम्पर्कविहिन भनिएकी उममेयर नेपालीको प्रस्टीकरण: ‘मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला’



न्युज अफ नेपाल, काठमाडौं ।

गोष्ठीमा सहभागी हुन अमेरीका पुगेर सम्पर्कविहिन भएकी कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना)ले बिरामी परेका कारण आफू नेपाल फर्कन नपाएकाे बताएकी छन् ।

दर्शनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्, ‘म हराएको पनि छैन, लुकेको पनि छैन । मेयर रत्न शाहीजीलाई जानकारी नदिएर पनि अमेरिका आएको हैन । उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हुँ ।’

मेयर शाहीलाई जानकारी दिन आफूले पटक पटक फोन सम्पर्क गर्न खोजे पनि फोन नउठेको नेपालीले बताएकी छन् । उनले लेखेकी छन, ‘अमेरिकाबाट बार बार मेयरलाई फोन गर्दा उहाँको फोन कहिल्यै पनि उठेन । प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालजीसँग पनि कुरा भएको हो । वडा अध्यक्ष ज्युहरुसँग पनि कुरा भएको हो । कतैबाट कुनै प्रतिक्रिया आएन,’ ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकरात्मक समाचार र भ्रमणहरु आएको उल्लेख गर्दै उनले धनेकी छन् ,’ मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला’।

नेपालीले आफू भारतीय मूलकी डाक्टर अञ्जीर कुमारसँग उपचाररत रहेको बताएकी छन् । यस्तै, उपचारका लागि अझै ५ महिना लाग्ने नेपलीले जनाएकी छन् ।

नेपालीले भनेकी छन्,’ कृपया मलाई बाँच्न दिनुहोस् । आफू निको नभइ म कसरी अरुको सेवा गर्न सक्छु ?’

प्रतिक्रिया दिनुहोस्