फिल्मी शैलीमा पूर्वसैनिकको पचास लाख झ्वाम पार्ने ६ जना समातिए



न्युज अफ नेपाल, काभ्रस्थली, काठमाडौं ।

जग्गा व्यवसायीमा संलग्न एक पूर्वसैनिक आफ्नै सहकर्मीबाट लुटिएका छन्। काभ्रेस्थलीको जंगलमा मोटो रकम बोकेर गएका पूर्वसुबेदार बच्चुराम गुरूङलाई उनकै जग्गा व्यवसायी सहकर्मीले बिहीबार लुटेका हुन्। ‘बल्ने ढुंगा’ भेटिएको भन्दै केही व्यक्तिले गुरूङलाई जंगलमा पैसा लिएर बोलाएका थिए।

पचास लाख रुपैयाँ पैसा लिएर गएका गुरूङलाई ६ जनाको समहुले उनीमाथि लुटपाट गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। आफु लुटिएपछि गुरूङले प्रहरीमा खबर गरेका थिए। घटना अनुसन्धानमा परिचालन भएको अपराध महाशाखाको टोलीले सो घटनामा संलग्न ६ जनालाई शनिबार पक्राउ गरेको हो।

उनीहरूको साथबाट चार वटा पल्सर मोटरसाइकल, १९ लाख रूपैयाँ नगद बरामद भएको महाशाखाकाले जनाएको छ ।

अनुसन्धान अनुसार जग्गा व्यवसायका अतिरिक्त उनीहरू जनावरका अखटोपहार, हाड हड्डी बिक्री वितरणमा संलग्न प्रहरीले खुलासा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्