रामकृष्ण ढकालले दर्शकलाई रुवाए



दुर्गाप्रसाद शर्मा , पर्वत ।
माघ महिनाको चिसो रात, खुल्ला चौरमा दर्शकहरुको बाक्लो उपस्थिति थियो । चिसो रातमा लोकप्रिय गायक रामकृष्ण ढकालले दर्शकलाई नचाएनन मात्रै आफुँ पनि रुनुभयो र दर्शकलाई धरधरी रुवाउनुभयो ।

पर्वत महोत्सबमा शनिबार भएको एकल प्रस्तुती दिएका ढकालले पर्वतेलीहरुलाई कुनै गीतमा रुवाए त कुनै गीतमा छमछमी नचाउनु पनि भयो । पहिलो पटक पर्वत आउनुभएका ढकालको एकल प्रस्तुतीमा आफुँले आँशु खसाले , भने दर्शकहरु त धरधरी रोएका थिए । ‘मलाई यो जीन्दगीले कहाँ पु¥यो, कहिले हसाँयो, कहिले रुवायो’ भन्ने गीतमा उहाँ पनि भावुक बन्नुभयो , एउटा हातले आँखाको आँशु पुछेपछि दर्शक दीर्घामा बसेका धेरैका आँशु झारे ।

आफ्नो प्रस्तुतीको थालनी गायक ढकालले‘विहान उठ्ने बित्तिकै’‘बाट गर्नुभयो । यसपछि उहाँले आफ्ना एक दर्जन भन्दा बढी गीतहरु सुनाउनुभयो । उहाँले आफ्ना अधिकाँस चर्चित गीत सुनाएर पर्वत महोत्सबका दर्शकहरुको मन जित्नुभयो ।

‘सेती खोला तरौला, पापी मन कसरी बुझाउँला ’ मा वान्स मोर भएपछि दुई पटक गाउँनुभयो । यो गीतमा सबैभन्दा बढी दर्शक नाचे । ‘ओराली लागेको हरिणको चाल भयो’ , ‘मन पराउने हजार भेटिन्छन ’ भन्ने गीतमा दर्शक भावुक बनेका थिए । कतिपय दर्शक धरधरी रोएको देखिन्थ्यो ।

पर्वत जिल्लामा पहिलो पटक एकल प्रस्तुतीको कार्यक्रम राखेर ढकाललाई बोलाइएको महोत्सब आयोजक समितिका संयोजक केदारनाथ शर्माले बताउनुभयो । रामकृष्ण ढकालका गीतका पारसी धेरै भएका कारण महोत्सबमा उहाँको एकल प्रस्तुतीको कार्यक्रम राखिएको उहाँले बताउनुभयो । ‘महोत्सबको एउटा महत्वपुर्ण कार्यक्रम सफल भएको छ ।’उहाँले भन्नुभयो ।

यसअघि शनिबार दिउँसो चर्चित लोकदोहोरी गायक बिमलराज क्षेत्री, कला लम्साल, इश्वर सिंह लगायतको प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्