‘भारत एसिया कप खेल्न पाकिस्तान नआए हामी पनि टी–२० विश्वकप खेल्न भारत जाँदैनौँ’



न्युज अफ नेपाल, काठमाडौं ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारत एसिया कप खेल्न पाकिस्तान नआए आफूहरु पनि टी–२० कप खेल्न भारत नजाने बताएको छ । पीसीबीका कार्यकारी निर्देशक वसीम खानले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भारतले सन् २०२१ मा टी–२० विश्वकपको आयोजना गर्ने बताएको छ । त्यस्तै यो वर्षको सेप्टेम्बरमा हुने एसिया कप टी–२० पाकिस्तानमा हुने पनि तय भएको छ । यसँगै पाकिस्तानले एसिया कपको आयोजना गर्ने जिम्मा बङ्गलादेशलाई दिएको भन्ने समाचार पनि बाहिरिएको थियो । पाकिस्तानमा पत्रकार भेटघाटका अवसरमा बोल्दै वसीमले भने, ‘एसियाली क्रिकेट परिषद् (एसीसी) ले हामीलाई नै टी–२० को आयोजना गर्ने अधिकार दिएको छ । हामी त्यो अधिकार कसैलाई सुम्पिन सक्दैनौँ । हामीसँग त्यो अधिकार छैन ।’

प्रतिक्रिया दिनुहोस्