हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान गर्ने



काठमाडौं, (नेस)। 

हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान शुरू गरेको छ। साताको तीन उडान गर्ने गरी बिहीबारबाट नियमित उडान शुरू गरेको हो। हिमालयनको चीन उडान यो पाँचौ गन्तव्य हो भने सेडुअल फ्लाइट दोस्रो हो।

यसअघि एयरलाइन्सले बेइजिङमा नियमित उडान गरिरहेको छ भने अन्य तीन गन्तव्यमा चार्टर फ्लाइट गरिरहेको छ। चोङकिङ उडानले भ्रमण वर्ष २०२० लाई थप सहज हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको विश्वास छ।

तीन वटा ए–३२० जहाज कायम गर्न र आठ वटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ। हिमालय एयरलाइन्सले आबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाङ र चाङसामा उडान सेवा भर्दै आएको छ।

८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारोबडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्