उतार चढावमै बित्यो साताभर बजार



काठमाडौं, (नेस)।

धितोपत्र बजारमा यस साता उतार चढाव नै देखिएको छ। दुई करोड ५१ लाख कित्ताभन्दा बढी शेयर ८ अर्ब ५४ करोड ६८ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ।

साताभर १ सय ८७ कम्पनीका शेयर कारोबार भएका थिए। साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको थियो। नेप्से परिसूचक त्यस दिन ३३ दशमलब ४३ अंकले वृद्धि भई १३४३ दशमलब ६५ विन्दुमा पुगेको थियो। त्य

स दिन १७८ कम्पनीका ६१ लाख कित्ता शेयर दुई अर्ब नौ करोड आठ लाख रुपियाँमा कारोबार भएको थियो। आइतबार भारी अंकले बढेको बजार सोमबार भारी अंकले गिर्न पुग्यो।

त्यस दिन परिसूचक २६ दशमलब ५४ अंकले घटेर १३१७ दशमलब ११ विन्दुमा पुग्यो। कुल १ सय ८२ कम्पनीको ५८ लाख कित्ता शेयर १ अर्ब ९७ करोड तीन लाख रुपियाँ किनबेच भएको थियो।

मंगलबार नेप्से परिसूचक ३ दशमलब ३६ अंकले बढेर १३२० दशमलब ४७ बिन्दुमा रोकियो। त्यसदिन कारोबार भने १ अर्ब ५१ करोड रुपियाँभन्दा माथि थियो। कुल १ सय ८३ कम्पनीको ४४ लाखभन्दा बढी कित्ता शेयर १ अर्ब ५१ करोड ९९ लाख रुपियाँमा कारोबार भएको थियो।

बुधबार नेप्से परिसूचक ७ दशमलब शून्य ५ अंकले घटेर १३१३ दशमलब ४२ बिन्दुमा पुग्यो। त्यसदिन कुल १ सय ८७ कम्पनीका ४९ लाख १४ हजारभन्दा बढी कित्ता शेयर १ अर्ब ५८ करोड १३ लाख रुपियाँमा खरिद बिक्री भएका थिए।

कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक १५ दशमलब ९५ अंकले घटेर १ हजार २९७ दशमलब ४७ बिन्दुमा झर्यो।

त्यस दिन कुल १ सय ७२ कम्पनीका ३७ लाख ५४ हजारभन्दा बढी कित्ता शेयर १ अर्ब ३८ करोड ४२ लाख रुपियाँभन्दा बढीमा कारोबार भयो। नेप्सेमा यस साता प्रभु बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस्