विवाहबाट बच्न चोरी



सांघाई, (एजेन्सी)।

चीनको आर्थिक राजधानी सांघाईमा एक व्यक्तिले विवाह नगर्न अनौठो उपाय निकाले। उनले विवाहबाट बच्न चोरी गरे। नाम मात्रको चोरीका लागि उनले एउटा सामान्य स्पिकर चोरेका थिए।

त्यसपछि उनलाई प्रहरीले गिरफ्तार गर्यो। प्रहरीको सोधपुछका क्रममा मात्र वास्तविक कुरा बाहिर आयो। ती व्यक्तिको नाम चान भएको प्रहरीले बताएको छ।

चानले प्रहरीलाई जानीजानी डान्स स्टुडियोबाट करिब २ सय ५० डलर मुलइको ब्लुटुथ स्पिकर चोरेको बताए, ताकी आफूलाई चोर ठानेर उनकी गलफ्रेन्डले विवाह गर्न अस्वीकार गरून। उनले बताए, मेरी प्रेमीका मसँग विवाह गर्न चाहन्छिन्, तर म त्यस्तो अहिले चाहन्नथेँ।

चानले सोधपुछका क्रममा भने एक न एक दिन म पक्रिनेछु भन्ने मलाई विश्वास थियो। तर यति चाँडै यो सबै होला भन्ने मलाई लागेको थिएन। म सांघाईबाट धेरै टाढा जान चाहन्थेँ। विवाहको दबाबका कारण म अत्यन्तै आक्रोसित थिएँ।

चान अहिलेपनि प्रहरीको हिरासतमा छ। प्रहरीका अनुसार उसले सानो अपराध गरेको हो त्यसैले चाँडै रिहा हुनेछ। यद्यपि यो घटनापछि चान र उनकी प्रेमीका बीच के भयो भन्ने स्पष्ट हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्