रसुवागढि नाकामा कोरोना भाइरसको चेकजाँच सुरू



सरस्वती न्यौपाने, रसुवा । रसुवागढि नाका हुँदै नेपाल आउने चिनियाँ पर्यटकलाई कोरोना भाइरसको चेक जाँच सुरू भएको छ ।

संक्रमित भएको शङका लाग्ने बित्तिकै फर्काईने भएको छ । माघ १० गतेबाट नाकामा हेल्प डेक्स राखि नाका हुँदै नेपाल प्रवेश गर्ने चिनियाँ तथा विदेशि पर्यटकमा कोरोना भाईरसको लक्षण परिक्षण गरिने जनाइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकवाट पर्यटकको आगमन बढ्दै गएको र कोरोना भाइरस भित्रने जोखिम बढेका कारण जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र गोसाईकुन्ड गाउँपालिकाको संयुक्त समन्वयमा रसुवागढि नाकामा हेल्प डेक्स सन्चालनमा ल्याईएको प्रमुख जिल्ला अधिकारि अर्जुन भण्डारीले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्