रोशी गाउँपालिकाको ‘ल्होछार’मा समावेशी



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेको रोशी गाउँपालिकामा समावेशी ल्होछार मनाईएको छ । गाउँपालिका अध्यक्ष डिबी लामाले सबै जातजाती र भाषाभाषीहरुको संरक्षण, प्रर्वद्धनका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको बताउनु भयो ।

‘जनप्रतिनिधि भई स्थानीय सरकारका रुपमा काम शुरु गरे लगत्तै स्थानीय सरकारले ल्होछार, माघे संक्रान्ति, जनै पूर्णिमा जस्ता महत्वपूर्ण चाडपर्वहरुलाई प्राथमिकतामा राखेको छ’–अध्यक्ष लामाले भन्नु भयो–‘हामी सबै जात र धर्मको रक्षा गर्छाै । प्रर्वद्धन गर्छाै र प्राथकिता दिन्छौं ।’ रोशी समावेशी उदेश्यले अगाडी बढेको सरकार भएकाले सबैलाई समान रुपले हेर्ने गरेको उहाँले बताउनु भयो ।

तामाङ समुदायले बनाउने ल्होछार पर्वमा ब्रम्हाणहरुको खैजेडी भजन प्रस्तुत गरिएको थियो भने लामा गुरुहरुले देखाउने झाँक्री (वन्वो) नाच दलित सुमदायका युवाहरु सहितको सहभागितामा प्रस्तुत गरिएको थियो । खैजेडी भजनको नेतृत्व ताराप्रसाद उप्रेतीले गर्नु भएको थियो भने झाँक्री नाचमा लक्ष्मण विक, बासु विक र युवराज लामा सहभागि थिए । रोशी गाउँपालिकाको आर्थिक सहयोग तथा वरपिपल युवा क्लवको संयोजकत्वमा रोशी गाउँपालिका ७ चारसयबेशीमा आयोजित २८५६ औ मुसा वर्ष (जिवा ल्हो) सोनाम ल्होछार कार्यक्रममा विभिन्न समुदायले आफ्नो जात र समुदाय अनुसारको प्रस्तुती प्रर्दशन गरेका थिए ।

तामाङ समुदायका विभिन्न कलाकारहरुले ल्होछार पर्वको अवसरमा गित तथा नृत्य प्रस्तुत गरेका थिए । तीन दिनसम्म संचालन हुने कार्यक्रम गाउँपालिका अध्यक्ष डिबी लामाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्ताैला, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, समाजसेवी शंखबुद्ध लामा, नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामा, नेताहरु रत्न लामा, कुन्साङ लामा, मिमबहादुर वाईवा ‘ज्वाला’, वडा अध्यक्षहरु श्रीदास लामा, तिर्थबहादुुर लामा, पोष्टबहादुर गौतम, विकासजित लामा, क्लवका अध्यक्ष अतित मोक्तान, सदस्य फुर्साङ्ग दोर्जे लामा लगायतले ल्होछार पर्वको महत्व र संस्कृतिका बारेमा बताउनु भएको थियो ।

रोशी गाउँपालिकाले ल्होछारको अवसरमा हरेक वर्ष तीन दिन सार्वजनिक विदा दिदै आएको छ । विभिन्न वडाहरुमा ल्होछारका कार्यक्रमहरु आयोजना भईरहेको अध्यक्ष डिबी लामाले बताउनु भयो ।

अन्य स्थानीय तहरुमा पनि विभिन्न संघ सस्थाको आयोजनामा ल्होछार पर्व मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्