जिल्ला स्तरीय युवा समिति गठन



कृष्णप्रसाद अधिकारी, दैलेख ।

दैलेख जिल्लाको विभिन्न स्थानिय तहका युवाहरु जम्मा भई जिल्ला स्तरीय युवा समिति गठन गरिएको छ ।

नेपाल युवा परिषद केन्द्रिय कार्यालय काठमाण्डौ, २०६९ सालमा दर्ता भएको युवा समितिले केन्द्र प्रदेश जिल्ला र स्थानिय तहहरुमा समेत युवा समिति गठन गर्ने क्रममा शनिवार दैलेख जिल्लामा पनि १८ बर्ष माथि र ४० बर्ष नकटेका युवाहरु जम्मा भई दैलेखका विभिन्न पालिकाहरुबाट प्रतिनिधित्व हुने गरी युवा समिति गठन गरिएको हो ।

देशमा भईरहेको भष्ट्रचार, न्युनिकरण विकास निर्माणका काम लगाएतका क्षेत्रमा युवाहरुको उल्लेखिय सहभागिता हुनुपर्ने भए पनि युवा सक्ति विदेशि भुमीको चर्को घाम खाईरहेको बेलामा जिल्ला स्तरका सम्पुर्ण युवाहरु एकजुट भई बिभिन्न काम गर्ने सकिने उद्देश्यका साथ दैलेख जिल्लामा १३ सदस्य जिल्ला स्तरिय युवा समिति गठन गरिएको छ ।

शनिबार सदरमुकाममा गठन गरिएको जिल्ला स्तरिय युवा समितिको संयोजक रेखा थापा, सह–सयोजक टोपेन्द्र केसी, महा सचिव भुपेन्द्र बि.सी. सचिव रविन्द्र कुमार बुढा कोषाध्यक्ष खम्बीरा कुमारी बुढा, कार्यक्रम संयोजकमा जङ्ग बोगटी, सदयहरुमा कृष्ण प्रसाद अधिकारी, योगेश रावल,भवानी केसी, भगवती कुमारी हमाल,स्मृती शाही गोमा अधिकारी, रमेश बहादुर सिंह रहेका छन् ।

जिल्लामा गठन गरिएको युवा समितिले आउँदा दिनहरुमा युवा लक्षीत धेरैकामहरु गर्दे हरेक स्थानिय तहहरुमा समेत युवा समिति गठन गर्ने संयोजक रेखा थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्