६५ हजार बराबरको अवैध कपडा बरामद



सुभेन्द्र दास, लहान ।

सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याएको ६५ हजार बराबरको अबैध कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी कार्यालय ठाडी बाट खटिएको ससत्रर प्रहरी टोलीले भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवैध कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरी कार्यालय ठाडी बाट खटिएको ईन्स्पेकटर जीवन खतिवडाको कमान्डमा गस्तिटोलीले सोठियाईंनबाट अबैध रुपमा ल्याउदै, गरेको लत्ताकपडा, ६५ हजार बराबरको कपडा निन्त्रणमा लिई भन्सार कार्यालय ठाडीमा बुझाएको खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्