कराते प्रशिक्षक महर्जन सम्मानित



न्युज अफ नेपाल, बागलुङ ।

नेपाल सितिरियो कराते संघ बागलुङले खेल प्रशिक्षकलाई सम्मान गरेको छ ।

संघले शनिबार कराते प्रशिक्षक धनराज महर्जनलाई खादा मालाले सम्मना गरेको हो । प्रशिक्षक महर्जनले २०५० सालदेखि बागलुङमा कराते खेल भित्र्याएर प्रशिक्षण दिँदै आएका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले महर्जनले बागलुङको खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेलको भन्दै उनले यहाँ धेरै खेलाडीहरु उत्पादन गरेको बताएका छन् ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष राजबिन थापाले बागलुङको खेल क्षेत्रमा कराते खेलले छुट्टै पहिचान गराउन सकेको बताए ।

कार्यक्रम संघका सचिव कृष्ण कार्कीको अध्यक्षता, संस्थापक सदस्य सुरज बोसेलको स्वागत र पूर्व सदस्य महेन्द्र खड्काको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्