भ्रमण वर्षलाई लक्षित गरी पाल्पामा दुईवटा महोत्सव हुने



न्युज अफ नेपाल, पाल्पा ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पाल्पाका दुइ स्थानमा आगामी महिनामा दुइवटा महोत्सवहरु हुने भएका छन ।

जिल्लामा पर्यटनको प्रचार विकास र स्थानीय उद्यमको विकासका लागि पूर्वी पाल्पाको रामपुर र जिल्ला सदरमुकाम तानसेन नजिकैको दमकडामा महोत्सवहरु हुने भएका हुन ।

पाल्पा व्यापार संघको आयोजनामा जिल्लाको दमकडा खेलमैदानमा फागुन १ देखी ११ गते सम्म पाल्पा महोत्सव गरिने भएको छ भने पूर्वी पाल्पामा पर्ने कालीगण्डकी उपत्यकाको पर्यटन विकासको लागि रामपुरमा mागुन २४ देखि साताव्यापी रुपमा पर्यटन महोत्सवको आयोजना गरिएको छ ।

जिल्लाको कृषि,पर्यटन र व्यापार उत्थानका लागि दमकडामा मेला गर्न लागिएको पाल्पा व्यापार संघका अध्यक्ष एवम मेला सयोजक चिरञ्जीवी पोखरेलले बताउनुभयो । उहाँले यसका साथै कला संस्कृतिको संरक्षण तथा भ्रमण वर्ष २०२० लाई समेत मेलाबाट सहयोग पुग्ने बताउनुभयो ।

विभिन्न वस्तुको प्रदर्शनी, ताजा तरकारी तथा फलफूल प्रदर्शनी, पर्यटन प्रवद्र्धन सम्बन्धी गोष्ठी, कृषि व्ययसाय सम्बन्धी गोष्ठी, औद्योगिक प्रदर्शनी तथा खरिद विक्री,दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा विक्री, विविध सँस्कृति झल्किने स्टल रहने तथा मेलामा उत्कृष्ट बाल उद्यान, स्थानीय तथा राष्ट्रिटय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति, विभिन्न जातजातिका संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति,गाउँपालिकास्तरीय पञ्चेबाजा तथा साँस्कृतिक प्रतियागिता, विद्यालयस्तरीय पर्यटन सम्बन्धि सांस्कृतिक प्रतियोगिताहरु हुने सचिव पर्शुराम पौडेलले जानकारी दिनुभयो ।

यस मेलामा करिव २ सय स्टल रहने मेलामा करिव एक लाख दर्शकले अवलोकन गर्ने र करिव ५ करोडको कारोवार हुने आयोजकले लिएका छन ।

यसैगरी रामपुरमा आयोजना हुने पर्यटन महोत्सवमा बाहुनडाडाबाट प्याराग्लाइडिङ,कालीगण्डकीमा र्या्फ्टिङ र विभिन्न समुदायको कला सस्कृति झल्किने झाकि प्रदर्शन गरिने रामपुर नगर पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष तथा नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

यस मेलामा रामपुर नगरको धार्मिक,पर्यटकीय स्थल, कला धर्म सस्कृती, भेषभुषा समेटिएको नगर चिनारी भिडियो क्लिप पाल्पाली समाज पोखरा र काठमाडौ संग समन्वय गरि देशका पर्यटकीय शहरमा प्रर्दशन गर्ने थापाले बताउनुभयो ।

यस अघि पाल्पा जिल्ला सदरमुकाम तानसेनको टुडिखेल मैदानमा पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवहरु हुद्रै आएका थिए गत वर्ष देखि तानसेन नगरपालिकाले कुनै पनि महोत्सवहरु टुडिखेलमा आयोजना गर्न नदिने निर्णय गरेपछि महोत्सवहरु सदरमुकाम वाहिर गर्न लागिएका हुन ।

प्रतिक्रिया दिनुहोस्