पाल्पामा विजय दौड प्रतियोगिताः विदेशी नागरिकदेखि सांसद र स्थानीय तहका प्रमुखसमेत सहभागि



कविराज नेपाल, पाल्पा ।

नेपाली सेना र पाल्पा जिल्ला स्थित १० वटै स्थानीय तहको आयोजनामा पर्यटन बर्ष २०२० को प्रवद्र्धनका लागी सञ्चालन भएको विजय दौडमा काठमाण्डौका नरेन्द्र सिंह रावत प्रथम भएका छन ।

२१ किलोमीटर लामो खुला दौड तर्फ रावतले १ घण्टा १६ मिनेट ९ सेकेण्डमा निर्धा्रित दुरी पार गदै प्रथम भएका हुन । शनिवार पाल्पाको टुडिखेल मैदानबाट सुरु भएको सो प्रतियोगितामा प्रथम हुने रावलले नगद रु ५० हजार प्राप्त गरे ।

त्यसैगरी दौडमा रुकुमका दुर्गाराज बुढाले १ घण्टा १८ मिनेट २० सेकेण्डमा दुरि पार गर्दै दोस्रो र सुवास कार्किले १ घण्टा १८ मिनेट ३५ सेकेण्डमा दुरि पार गर्दै तेस्रो भए भने शिव बहादुर रायमाझीले १ घण्टा १८ मिनेट ४२ सेकेण्डमा दुरि पार सान्तना भए । सो दौड तानसनेबाट सुरु भइ तानसेन बजार हुँदै भैरवस्थान मन्दिर परिक्रमा गरि तानसेनमै आएर सकिएको थियो ।

त्यस्तै कक्षा १२ सम्मका छात्रहरुको ५ किमि दौडमा भक्तपुरका सागर श्रेष्ठ प्रथम भएका छन भने काठमाण्डौका युनिस सारु मगर दितिय र प्रविण बोहोराले तेश्रो तथा महोत्तरीका नारायण कुमार कुसवाहा सान्त्वना भएका छन । त्यस्तै छात्रातर्फको ५ किलोमिटर दौडमा हुमि बुढामगर प्रथम खिमा सेरचन दोश्रो, सञ्जु गाहा तेश्रो र सपना सारु सान्त्वना भएका छन ।

जिल्ला समन्वय समिती पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनिले विजय दौडले पाल्पाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताउनुभयो ।

गोरखदल गणका गणपती सुरज थापाले विजय दौड सञ्चालन गर्न सहयोग गर्ने पाल्पाका १० वटै स्थानिय तह र सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

दौडमा बेलायती नागरिक डेनियल जेम र जापानी नागरिक ताईसुके अकोरा समेत सहभागि थिए ,। यसैगरी सोही अवसरमा पर्यटन बर्षलाई प्रवद्र्धन गर्नका लागी वाकाथुन दौड समेत भएको छ ।

सो दौडमा पाल्पाबाट प्रदेश सभामा निर्वाचित सांसदहरु वीरवहादुर राना, नारायण आचार्य, डा.पुरनमान वज्राचार्य, तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही, गाउपालिकाका प्रमुखहरु नारायण वहादुर जिसी, विष्णु भण्डारी, नुन वहादुर थापा, मुक्त वहादुर सारु, कृष्ण प्रसाद वस्याल लगायत सहभागि हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्