चन्द्रनिगाहपुरमा दुई खेल सम्पन्न, एकमा बराबरी अर्कोमा बीराटनगर महानगरपालिका बिजयी



सञ्जय कार्की, रौतहट ।
चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६ को दोश्रो दिन शनीबार दुई खेल सम्पन्न भएको छ ।

चन्द्रनिगाहपुर स्थित स्वर्गीय शेर बहादुर दर्लामी स्मृती हातेमालो खेल मैदानमा वालिङ्ग नगरपालीका स्याङ्जा र बाँसगढि नगरपलिका बर्दिया बिच भएको पहिलो खेल बराबरीमा सकिएको छ भने दोस्रो खेल सुर्खेतको बीरेन्द्रनगर नगरपालिका र मोरङ्गको बीराटनगर महानगरपालिका बीच भएको खेलमा मोरङ्गको बीराटनगर महानगरपालिका बिजयी भएको छ ।

पहिलो खेलमा वालिङ्ग नगरपालीका स्याङ्जा र बाँसगढि नगरपलिका बर्दिया बिच भएको खेलमा मध्यान्तर अघिसम्म कुनै टिमबाट गोल हुन सकेन तर मध्यान्तर पछि चौध मिनेटमा बाँसगढि नगरपलिका बाट जर्सी नम्बर ११ कि अजिता घर्ती मगरले एक गोल गरी खेल लाई अग्रता दिलाएपनि त्यो भने टिकाउन सकिनन ।

प्रतिस्पधर्मात्मक उक्त खेलको ४३ औ मिनेटमा वालिङ्ग नगरपालीकी जर्सी नम्बर ६ कि मनमाया दमाईले १ गोल गरेर बराबरीमा रोकेकी हुन । त्यसपछि कुनै टिमबाट गोल नभएपछि खेल बराबरीमा सकिएको हो ।

पहिलो खेलको वुमेन अफ दि म्याच बर्दियाकी सुरक्षा सुखरीया घोसीत भएकी छिन् । उनले पाँच हजार नगद र ट्रफि हात पार्न सफल भईन । यस्तै अर्को खेल सुर्खेतको बीरेन्द्रनगर नगरपालीका र मोरङ्गको बीराटनगर महानगरपालीका बीच भएको हो ।

उक्त नगरपालिकाका दुबै टिमले मध्यान्तर अघि सम्म गोल गर्न सकेका थिएनन । दुबै पक्षले जीत आफनो पक्षमा पार्न आक्रामक खेलेको भएपनि मध्यान्तर पछि ७३ औ मिनेटमा मोरङ्गको बीराटनगर महानगरपालिकाका जर्सी नम्बर ७ की साबित्री मगरले ७२ औ मिनेटमा एक गोल गरेर आफनो टिम लाई अग्रता दिलाएकी छिन ।

अन्तत उनकै गोलले मोरङ्गको बीराटनगर महानगरपालिका टिम बिजयी भएको हो । उक्त खेलमा सुर्खेत बीरेन्द्रनगरपालिकाका जर्सी नम्बर ११ की सृजना सिह वमेन अफ दि म्याच घोषित भईन । उनले पनि नगद ५ हजार र ट्राफि हात पारेकी छिन ।

प्रतिक्रिया दिनुहोस्