आर्मी शीर्ष स्थानमै कायम



न्युज अफ नेपाल, काठमाडौं ।

जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आठौं चरण समाप्त हुँदा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा कायमै रहेको छ ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले न्युरोड टिम (एनआरटी) विरुद्ध गोलरहित बराबरी खेलेपनि शीर्ष स्थान हासिल गरेको हो । आर्मीको ८ खेलबाट १७ अंक भएको छ । १ अंक कम जोडेका मछिन्द्र र मनाङ मस्र्याङदी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । एनआरटी भने ८ खेलमा १२ अंक जोडेर अंकतालिकाको पाँचौं स्थानमा रहेको छ ।

यसैगरी आजै भएको आठौं चरणको अन्तिम खेलमा संकटा क्लबले फ्रेन्डस् क्लबलाई १–० गोलअन्तरले हराएको छ । संकटाको जितमा आजायी मार्टिन्सले ६४औं मिनेटमा गरेको नै निर्णायक बनेको हो । योसँगैं संकटाले ८ खेलबाट १२ अंक जोड्दै सातौं स्थान हात पारेको छ । संकटाका साथै एनआरटी र जावलाखेलको पनि १२÷१२ अंक रहेको छ । फ्रेन्डस् भने ८ खेलमा ८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्