खुल्ला दौड प्रतियोगितामा कुवँर प्रथम



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको कुस्मामा शनिबार भएको ५ हजार मिटर खुल्ला दौड प्रतियोगितामा आशिष कुवँर प्रथम हुनुभएको छ ।

पर्वत महोत्सबको अवसरमा भएको प्रतियोगितामा पर्वतको फलेबास नगरपालिका वडा नं १ थापाठानाका कुवँरले प्रथम स्थान हासिल गर्नुभएको हो ।

प्रतियोगिता जित्न सफल कुवँरले ६ हजार नगद,मेडल र ट्रफी हात पार्न सफल हुनुभयो । यस्तै प्रतियोगितामा फलेबास नगरपालिका ६ का प्रताप भुसाल द्धितिय र कुस्मा नगरपालिकाका अविनाश श्रेष्ठले तृतिय स्थान हासिल गर्नुभएको छ ।

प्रतियोगितामा १४ जनाले भाग लिनुभएको थियो । द्धितियले ४ हजार नगद, ट्रफी र मेडल तथा तृतियले २ हजार नगद ट्रफी जितेको प्रतियोगिताका संयोजक अर्जुन निर्जन पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजयी प्रतिष्पर्धीलाई कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पुरस्कार,नगद र ट्रफी प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्