ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



न्युज अफ नेपाल, बैतडी ।

बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ६ मनहेरा घर भएका २६ वर्षीय दीलकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा शुक्रबार राती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनाभएको हो ।

ट्याक्टर सडकबाट २५ मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्