श्रीमानबाट कुटिएकी पूजाको अवस्था दयनीय, उपचारका लागि रकम अभाव



tfg;]g, !) df3M HjfOsf] s’6fO{af6 cw{r]t ePsL 5f]/L k”hfsf] :ofxf/ ub}{ cfdf kfNkfsf] /fdk’/df cGthftLo ljjfx u/]sf lg:bL–% kfSbLsf k”hf kl/of/nfO{ HjfOsf] s’6fO{af6 cw{r]t ePkl5 dfOtLd} 5f]/L :ofxf/ ub}{ cfdf l8ns’df/L kl/of/ . tl:a/ M kljqf l3ld/]÷ /f;;

तानसेन । श्रीमान्बाट मरणासन्न हुने गरी कुटिएकी रामपुर नगरपालिका–४ गिजिनडाँडाकी १९ वर्षीया पूजा सोमै परियारको उपचारमा आर्थिक अभाव भएको छ ।

तीन वर्ष अघि रामपुर नगरपालिका–४ गिजिनडाँडाका २४ वर्षीय भोमबहादुर सोमैसित अन्र्तजातीय विवाह गरेकी निस्दी–५ पाक्दीकी १९ वर्षीया पूजा सोमै ९परियार० लाई गत असोज ८ गते राति आफ्नै पतिले मरणासन्न हुने गरी कुटेका थिए । बिहे गर्दाको समयमा भोमबहादुरको उमेर २१ र पूजाको उमेर १५ वर्षको थियो । उनीहरुको आपसमा माया प्रेम बसेपछि प्रेम विवाह भएको थियो । पूजालाई भोमबहादुरले आफ्नो घरमा भित्र्याए पनि उनले घरमा कहिल्यै पनि बुहारीको वातावरण पाइनन् ।

बिहेपछि विदेश गएका भोमबहादुर गत भदौ महिनामा नेपाल आएका थिए । घर फर्केपछि भोमबहादुरले हरेक दिनजसो श्रीमती पूजामाथि विभिन्न शङ्का उपशङ्का गर्दै, अर्कै परपुरुषसित हेलमेल गरेको आरोप लगाउँदै कुटपिट गर्न थालेको यसअघि पूजाले आफन्तलाई बताउने गरेको आमा डिलकुमारी परियारले जानकारी दिनुभयो ।

असोज ८ गते राति भोमबहादुरले पूजालाई मरणासन्न हुने गरि कुटेर बेहोस बनाएपछि उनका ससुराले राति नै पूजाको माइतीमा खबर गर्नभएको थियो । पानीमा छाता ओढेर छोरीको अवस्थाबारे बुझ्नमध्ये राति बुबाआमा नै पूजाको घर रामपुर आएका थिए । पानी परिरहेकाले रातभरि खोजी गर्दा पनि एम्बुलेन्स पाइएन । बिहान भएपछि मात्रै पूजालाई तीन घण्टा लगाएर एम्बुलेन्समा लुम्बिनी मेडिकल कलेजमा पु¥याएको उनको बुबा लालबहादुर परियारले जानकारी दिनुभयो ।

त्यहाँ उपचार सम्भव नभएपछि असोज २९ गते बुटवलको क्रिमसन अस्पतालमा उहाँलाई लगिएको थियो । उहाँको ८४ दिनसम्म त्यहाँ उपचार हुँदा अस्पताललाई रु एक लाख ६२ हजार ४०० तिर्नुपर्ने छ । ती रकममध्ये माइती पक्षले ऋणधन गरी रु ८७ हजार ९३० भुक्तानी गरेका थिए । अन्य बाँकी रकम बुझाउन नसकेपछि अप्ठेरोमा परेको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको पहलमा अस्पतालले अन्य रकम छुट दिएको थियो ।

पूजा पूर्णरुपमा निको भएको छैन । उपचारमा आर्थिक अभाव भएपछि माइती पक्षले अहिले पूजालाई आफैं कहाँ ल्याएर राखेका छन् । छोरीको दिसापिसाब ओछ्यानमा नै हुन्छ, बोल्ने अवस्था छैन, टाउकोमा चोट छ, शरीरको दायाँ भाग चल्दैन, ढाडमा गहिरो घाउ छ । छोरीको स्याहारसुसारमै दिन बितेको पूजाकी आमा डिलकुमारीको भनाइ छ ।

पतिको कुटाइबाट पूजाको टाउको नै फुटेको र उपचारका लागि धेरै रकमको आवश्यकता पर्ने चिकित्सकले बताउँदै आएको छ । आर्थिक अभावका कारण उनको थप उपचार हुन नसकिएको पूजाका बाबु लालबहादुरले बताउनुभयो । पूजाका घरपक्षका आफन्तले एक दिन मात्र पूजाको अवस्था बुझ्न अस्पतालमा आएको र त्यसपछि फर्केर नआएको लालबहादुरको भनाइ छ । पूजाको उपचारका लागि अब रु एक लाख ५० हजार लाग्ने अस्पतालले बताए पनि उपचारका लागि आर्थिक समस्या रहेको छ ।

छोरीको उपचारका लागि पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका पूर्वखोला गाउँपालिका तथा तानसेन नगरपालिकाको टोलटोलमा चन्दा सहयोग उठाउन हिँडे पनि चाहिए जति रकम सङ्कलन हुन नसकेको उहाँको भनाइ छ ।

निस्दी गाउँपालिकाको पाक्दी डाँडाभेगमा बस्दै आएका पूजाको माइती पक्षको थोरै र साँघुरो जग्गामा घर छ । दिनभरि मजदूरी गरे मात्रै साँझ बिहान खान पाइने अवस्था छ, उनको माइती पक्षको । पत्नीलाई मरणासन्न हुने गरी कुटपिट गरेको अरोपमा पूजाका श्रीमान् भोमबहादुर जिल्ला अदालत पाल्पाको कात्तिक १९ गतेको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्