वडा कार्यालय अपायक भएको भन्दै स्थानीयले गरे विरोध



कृष्ण प्रसाद अधिकारी, दैलेख ।

नारायण नगरपालिका वडा नं. ३ को कार्यालय अपायक भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । वडाध्यक्ष चन्द्रप्रसाद उपाध्यायको बल मिचाईंले अस्थायी कार्यालय भनिएको खुर्सानीवारीमै वडा कार्यालय कायम गराउन खोजेको भन्दै स्थानीयले बिरोध जनाएर वडा कार्यालय सार्ने भाग गरेका छन् ।

भूर्तीदेखि ताराघाट, भैंसेघोरदेखि कालिकाटी हुँदै बुढागाउँ र प्यूसेदेखि खुर्सानीवारीसम्मका सबै जनतालाई पायक पर्ने प्यूसे वा साङ्गखोला आसपासमा वडा कार्यालय हुनुपर्ने माग राख्दै करिव ३ सय भन्दा बढी स्थानीयले प्रदर्शन गरेका छन् ।

सबै सेवाग्राहीलाई पायक पर्ने स्थानमा वडा कार्यालय सार्नुपर्ने लिखित मागपत्र ग्रहरण गरिसकेपछि प्रदर्शनकारी स्थानीयहरुलाई जिल्ला प्रशासन कार्यालयमा झिकाएर मुद्दा चलाउछु भन्ने प्रतिक्रिया दिएको भन्दै स्थानीयहरुले आक्रोसित भएका छन् ।

यसबारे प्रतिक्रिया माग्न वडाध्यक्षलाई फोन गर्दा आफु ब्यस्त रहेको प्रतिकृया दिएका छन् । कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाको पूर्वाधार विकास कार्यक्रमको ४० लाख अनुदानमा खुर्सानीवारीमा वडा कार्यालय भवन बनाउन लागिएको कारण स्थानीयले असन्तुष्टी जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्