भ्रमण वर्षलाई लक्षित गर्दै वालिङ पर्यटन महोत्सव



अमृत अर्याल, स्याङ्जा ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै वालिङमा पर्यटन महोत्सव शुरु भएको छ । वण्डरफूल वालिङ पर्यटन विकास संस्था र वालिङ नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव १९ गतेसम्म चल्नेछ ।

रमाईलो मेलाको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ तथा आसपासमा पर्यटकीय संभावना बोकेका स्थलहरुको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन मेलाले टेवा पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । “सकारात्मक सोंचका साथ सबैजना एकताबद्ध भएर अगाडि बढ्यौं भने विकास धेरै टाढा छैन” नगर प्रमुख खाँणले भन्नुभयो, “युवाहरु आबद्ध रहेको वण्डरफूल वालिङ नामक संस्थाले पर्यटन प्रवद्र्धनमा रमाईलो मेलाको आयोजना गरेर महत्वपूर्ण भूमिका खेलेको छ ।”

दश दिनसम्म सञ्चालन हुने मेलालाई सफल बनाउँदै यस क्षेत्रको आर्थिक स्तर उकास्ने गरी मेलालाई विकसित गर्नपनि नगर प्रमुख खाँणले सुझाव दिनुभयो । “वालिङ तथा समग्रमा स्याङ्जा जिल्ला लोक संगीतको उर्वर भूमि हो, लोक संगीतले मानिसमा उर्जा भर्ने गर्दछ” नगर प्रमुख खाँणले भन्नुभयो, “लोकसंगीतबाट प्राप्त उर्जाको सही प्रयोग गरी सकारात्मक सोंचका साथ अगाडि बढ्नु आवश्यक छ ।”

उद्घाटन समारोहमा नगर उपप्रमुख कल्पना तिवारीले भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी आयोजना गरिएको मेलाको सफलताको शुभकामना ब्यक्त गर्दै आयोजकले राखेका उद्धेश्यहरु पूरा हुनेमा आँफू विश्वस्त रहेको बताउनुभयो । उद्घाटन समारोहमा सकारात्मक सोंचका अभियान्ता कर्ण शाक्य, नेकपा जिल्ला सचिवालय सदस्य उदय श्रेष्ठ, नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि एवं नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वण्डरफूल वालिङका पर्यटन विकास संस्थाका अध्यक्ष दिनकर नेपालले भ्रमण वर्षका अवसरमा नेपालमा बीस लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र सोही लक्ष्यलाई सघाउँदै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि प्रथम वालिङ साँस्कृतिक तथा आन्तरिक पर्यटन महोत्सवको आयोजना गरिएको बताउनुभयो । ‘पहिला देश अनि मात्र विदेश’ भन्ने मुल नाराका साथ स्थापित पर्यटन विकास संस्थाले वालिङ नगरपालिका तथा आसपासका क्षेत्रमा भएका पर्यटकीय संभावनाहरुको पहिचान, प्रवद्र्धन, सम्वद्र्धन र विकास गर्दै स्थानीय समुदायको नेतृत्वमा वालिङलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने उद्धेश्य रहेको अध्यक्ष नेपालको भनाई थियो ।

अन्य ब्यापारिक मेला महोत्सव, रमाईलो मेलाहरु भन्दा यो महोत्सव फरक प्रकृतिको हुने मेला आयोजक समितिका संयोजक आशिषप्रताप खाँणले बताउनुभयो । यो महोत्सवमा आर्थिक तथा ब्यापारिक कारोबारभन्दा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई वालिङ लगायत स्याङ्जाका संभावित पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी दिईने मेलाका संयोजक खाँणले बताउनुभयो । महोत्सव उद्घाटन पूर्व साहसिक खेलकूद (प्याराग्लाइडिङ), साँस्कृतिक झाँकीहरुको प्रदर्शनी, साईकल ¥याली, पञ्चेबाजा, नौमति बाजा प्रतियोगिता, वालिङ तथा स्याङ्जा जिल्लामा उत्पादन भएका कृषिजन्य, पशुजन्य तथा घरेलु र कुटिर उद्योगहरुबाट उत्पादित हस्तकला तथा अन्य सामनहरुको प्रदर्शनी गरिएको थियो ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि, पशु, हस्तकला, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, विभिन्न जातजातीका खानेकुराका परिकारहरु गरी कूल १ सय ५० वटा स्टल रहेका आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न झण्डै रु. ५८ लाख अनुमानित खर्च लाग्ने संयोजक खाँणले बताउनुभयो । महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकले होमस्टे (घरबास) मा बस्न चाहेको खण्डमा वालिङ आसपासका होमस्टेमा बस्ने ब्यवस्था मिलाईएको घरबास कार्यक्रम ब्यवस्थापन समितिका संयोजक भुपेन गुरुङले बताउनुभयो । ‘कल्चर, एडभेञ्चर र नेचर (क्यान)’ लाई संस्थागत गर्ने उद्धेश्यले स्थापित ‘वण्डरफूल वालिङ पर्यटन विकास संस्था’ ले गतवर्ष एकसय किलोमिटर दूरीको अन्तराष्ट्रियस्तरको साईक्लिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने आँधीखोलामा जलयात्रा सञ्चालन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्