श्रीमती हुँदाहुँदै बालविवाह गर्न लागेका कलवार पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

बाराको महागढीमाई नगरपालिका–१, गढीमाई मन्दिरको प्रांगणमा बालविवाह भइरहेको सूचनाका आधारमा खटिएका प्रहरीले तत्काल मन्दिरपरिसर पुगी विवाह रोकेको छ ।

वडा–८ को धर्मपुर टोल बस्ने वर्ष ३० का गणेश साहकलवारले पत्नी हुँदाहुँदै वर्ष १६ की एक किशोरीसँग गर्न लागेको विवाह रोकिएको हो । कलैया ३३ च १५३ (परिवर्तित नाम) सँग विवाह गर्न लागेको अबस्थामा बेहुला बनी विवाह गर्न लागेका कलवार, बेहुली बन्दै गरेकी कलैया ३३ च १५३ तथा उनका बाबु कलैया ३३ च १५१ (परिवर्तित नाम) लाई तत्काल पक्राउ गरिएको हो ।

नाबालिकलाई बाबु तथा कलवारले फकाइफुल्याइ विवाह गर्न बाध्य बनाएको र कलवारकी जेठी पत्नीले कारबाहीका लागि प्रहरीलाई दिएको जाहेरी दरखास्तका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला अदालतबाट बालविवाह तथा बालविवाह उद्योग मुद्धामा ५ दिन म्याद अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको एसपी विकासराज खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्