महिला लिग फुटबल प्रतियोगिता: बाहबिसे र चन्द्रपुर नगरपालिका विजयी



सञ्जय कार्की, रौतहट ।

रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार देखि चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । चन्द्रपुर नगरपालीका–६ स्थित स्वर्गीय शेर वहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा भएको दुई खेलमा सिन्धुपाल्चोकको बाहबिसे र रौतहटको चन्द्रपुर नगरपालिकाको टिम बिजयी भएको छ ।

पहिलो खेलमा नुवाकोटको बिदुर नगरपालिका लाई हराउदै सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका टिम बिजयी भएको हो भने दोस्रो खेलमा उदयपुरको चौदण्डीगडी नगरपालिका लाई शुन्यका बिरुद्ध ३ गोलले हराउदै रौतहटको चन्द्रपुर नगरपालिकाको टिम बिजयी भएको हो । सिन्धुपाल्चोकको बाहबिसे र नुवाकोटको बिदुर नगरपालिका बीच भएको पहिलो महिला फुटबल खेलमा बाहबिसे नगरपालिकाको टिमले मध्यान्तर अघि भएको बाहबिसे नगरपालिकाका सुष्मा तामाङ्गले खेलको २३ औ मिनेटमा र पार्बती घलेले २७ औ मिनेटमा गोल गरे भने मध्यान्तर पछि अनु राईले ९ औ मिनेट र पार्बती घलले १४ मिनेटमा गोल गरेर आफनो टिम लाई जीत दिलाएका हुन । सोही खेलमा वम्यान अफ द म्याच बाहबिसे नगरपालिकाका पार्बती घले भईन ।

यस्तै दोस्रो खेलमा चौदण्डीगडी नगरपालिका लाई शुन्यका बिरुद्ध ३ गोलले हराउदै चन्द्रपुर नगरपालिकाको टिम बिजयी भएको हो । मध्यान्तर पछिको खेलमा दिल कुमार राना मगरले ३ र ७ मिनेटमा दुई गोल गरिन भने मनिषा राउतलदे ५ मिनेटमा एक गोल गरी ३ गोलले चन्द्रपुर नगरपालिकाको टिम बिजयी भएको हो । सो खेलमा दिल कुमारी राना मगर वम्यान अफ द म्याच घोषित भईन ।

अध्यधिक दर्शकले भरिएको सो खेलमा दुबै पक्षका टिम आक्रामक रुपमा प्रस्तुत भएका थिए । माघ १८ गते सम्म चल्ने प्रतियोगितामा देशभरका उत्कृष्ट ८ नगरपालिकाले सहभागिता जनाएका छन । रौतहट जिल्ला फुटबल संघको आयोजना, चन्द्रपुर नगरपालिका रौतहटको संरक्षण तथा सहयोग एबम अखिल नेपाल फुटबल संघ ( एन्फा) को समन्वय तथा ब्यबस्थापनमा प्रतियोगीता हुन लागेको हो । यस प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी लाई स्कुटर बाट पुरस्कृत गरिने भएको छ ।

यस प्रतियोगितामा प्रथम हुने टिम लाई ३ लाख, दोस्रो हुने टिम लाई १ लाअख ५० हजार र सेमीफाईनल पुग्ने दुई टिम लाई जनही ५०/५० हजार नगद पुरस्कार रहेको जनाइएको छ । यस्तै उत्कृष्ट पाँच बिद्याका खेलाडीहरु लाई जनही १५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगीताका लागी यसअघि पौष १४ गते चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, एन्फाका अध्यक्ष कर्मा्िछरिङ्ग शेर्पा र रौतहट फुटबल संघका प्रतिनिधि बिच ३ बर्षका लागि खेल सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्