राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुरेलले शुक्रबार राजीनामा दिएका हुन् । आफ्नो योग्यता र क्षमताले भ्याएसम्म देश र जनताको हितमा इमान्दारीपूर्वक काम गरेको प्याकुरलले विज्ञप्तिमा जनाएका छन् ।

उनी भण्डारीको पहिलो कार्यकालमा दुई वर्ष र दोस्रो कार्यकालमा करिव २ वर्ष विज्ञ सल्लाहकार थिए । उनले संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छमा जोड दिएका छन् ।

लोकतान्त्रिक आन्दोलनका दौरानमा आफूले औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो भन्ने सिकेको भन्दै उनले भनेका छन्, ‘हामीले ठुलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनुपर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्