समाचारपत्रकर्मी तिमल्सिना सम्मानीत



न्युज अफ नेपाल, काभ्रे ।

बेथान्चोक जेसीजले वर्ष २०२० का लागि निर्वाचित पदाधिकारीहरुको पदस्थापन, ब्यक्तित्व सम्मान तथा पुरस्कार वितरण कार्यक्रम जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ भने काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पदस्थापन, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

बेथान्चोक गाउँपालिकाको ढुंखर्कमा बेथान्चोक जेसीजले पत्रकारिताको माध्यमबाट नेतृत्व प्रदान गर्र्दै समुदायका युवाहरुको प्रेरणाको श्रोत बन्न सकेकोमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्ष पदमा रहँदा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा बेथान्चोकको माटोलाई चिनाउन भूमिका खेलेको भन्दै नेपाल समाचारपत्रकर्मी मोतीराम तिमल्सिनालाई ब्यक्तित्व सम्मानबाट सम्मान गरेको हो । बेथान्चोक जेसीजका संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिनाले तिमल्सिना लगायत बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, शिक्षक संघका बाग्मती प्रदेश अध्यक्ष नारायणप्रसाद तिमल्सिना, पार्वती मावीका प्रधानाध्यापक गोविन्द शर्मा र जेसीजका राष्ट्रिय महासचिव टेकराज रेग्मिलाई सम्मान गरिएको थियो ।

बेथान्चोक जेसीजको कार्यक्रममा संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिनाले वर्ष २०२० का अध्यक्ष राजेश तिमल्सिनालाई पद हस्तान्तरण गर्नु भएको थियो । बेथान्चोक जेसीजलाई भकुण्डे जेसीजले मातृ शाखाका रुपमा प्रस्ताव गरेको थियो । बेथान्चोक जेसीजले पर्यटन सम्वन्धी कार्ययोजना बनाई प्रचार प्रसारमा सहयोग गर्ने र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा बेथान्चोकलाई चिनाउन पहल गर्ने अध्यक्ष राजेश तिमल्सिनाले बताउनु भयो । श्रस्टाहरुको सम्मान, बेथान्चोक गाउँपालिकालाई समृद्ध बनाउन विशेष कार्यक्रमहरु आयोजना गरी युवाहरुलाई आयआर्जनमा जोडी ब्यक्तित्व विकासमा कृयाशिल हुने अध्यक्ष तिमल्सिनाले बताउनु भयो ।

राष्ट्रिय अध्यक्ष अशोक शंकरले विश्वसामु जोड्न जेसीज महत्वपूर्ण माध्यम भएकाले बेथान्चोकमा आन्तरिक र बाह्य पर्यटकहरुलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । समाजमा देखिनेगरी युवाहरुको नेतृत्वमा असल कार्य गर्नु पर्ने बताउँदै जेसीजमा सहभागि युवाहरु विदेशिनु नपर्ने गरी कार्ययोजना बनाई सकारात्मक सोचको विकास गराउने र मुलुक निर्माणको अभियानमा युवाहरुलाई सक्रिय बनाउनु पर्नेमा राष्ट्रिय अध्यक्ष अशोक शंकरले जोड दिनु भयो । वर्ष २०१९ का अध्यक्ष एवं संस्थापक मुक्तिनाथ तिमल्सिनाले बेथान्चोकलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने उदेश्यले नयाँ सस्थाको स्थापना गरिएको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, शिक्षक संघका बाग्मती प्रदेश अध्यक्ष नारायणप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, पार्वती मावीका प्रधानाध्यापक गोविन्द शर्मा, राष्ट्रिय समितिका आईटी को अर्डिनेटर अनिल ब्लोन, मातृ शाखा भकुण्डे जेसीजका अध्यक्ष श्रीकृष्ण अधिकारी, वडा अध्यक्ष भगवान घिमीरे, वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष रुकमणी सिग्देल, महासचिव कमल नेपाल, हरिकृष्ण दाहाल, सुजन जंगम, प्रदीप आचार्य लगायतले जेसीजको महत्वका बारेमा बताउनु भएको थियो ।

त्यस्तै बनेपामा आयोजित कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले नगरको विकासमा जेसीजका युवाहरु सक्रिय हुनु पर्ने बताउनु भयो । नगरपालिकाले लिएका विभिन्न लक्ष्यहरुलाई सहयोग पु¥याउन सहकार्यका लागि नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । कार्यक्रममा मातृ शाखा अध्यक्ष, काभ्रे जेसीज २०२० का अध्यक्ष रिकेश श्रेष्ठ, काभ्रे महिला जेसीजका अध्यक्ष भगवती श्रेष्ठ, जुनियर जेसीजका अध्यक्ष रशिक शाक्य, वर्ष २०१९ का काभ्रे जेसीज अध्यक्ष विजेश मुल्मी, काभ्रे महिला जेसिज जयन्ति मानन्धर, बनेपा जुनियर जेसीजका अध्यक्ष सुजन महर्जन, पुर्व अध्यक्षहरु इन्द्रनारायण भैल, विकास मानन्धर, उपाध्यक्ष सञ्जिव मानन्धर, महासचिव सुवास बैद्य लगायतले जेसीजका उदेश्य र गतिविधिहरुका बारेमा मन्तब्य राखेका थिए ।

सोहि कार्यक्रममा ब्यक्तित्व सम्मानबाट महेश कर्माचार्य र सुधा सिलवाललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट अवार्डहरुमा स्व. राम श्रेष्ठ उत्कृष्ट जुनियर जेसीज पुरस्कारबाट निर्जन गौतम, नानीमाया जोशी उत्कृट महिला जेसीजबाट बुद्धलक्ष्मी मानन्धर, स्व. खोमबहादुर गुरुङ्ग उत्कृष्ट संचालक समिति सदस्यबाट सुमित मानन्धर, राजेन्द्र जोशी उत्कृष्ट जेसी पुरस्कारबाट सुरेन्द्र शुद्धाकार, स्व. राम श्रेष्ठ स्मृति उत्कृष्ट कार्यक्रम संयोजकका रुपमा सञ्जिव मानन्धर र स्व. रत्नलाल मानन्धर स्मृति उत्कृष्ट सहभागिता पुरस्कारबाट राजेश रञ्जित पुरस्कृत भई अवार्ड प्राप्त गरेका छन् । संयुक्त रुपमा वर्ष २०१९ का पदाधिकारीहरुले वर्ष २०२० का पदाधिकारीहरुलाई पदस्थापन गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्