बिराट गोल्डकप अन्योलमा, फ्लड लाइट्स बैशाख १५ भित्र जडान हुने



न्युज अफ नेपाल, विराटनगर । 

प्रदेश एक सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको सहिद मैदानमा फ्लड लाईट्सको काम बैशाख दोश्रोसातासम्म सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

फ्लड लाईट्स कामको निरीक्षका लागि शुक्रबार सहिद मैदान पुगेका मन्त्री घिमिरले बैशाख १५ सम्ममा कार्य सम्पन्न गरि खेलकुद आयोजना गर्ने बताउनु भएको छ । मन्त्री घिमिरेले फल्ड लाईटस्को विषयमा प्रावीधिक टोलीको अभावमा निर्धारित समयमा काम सम्पन्न गर्न असहज भएको प्रस्टाउनुभयो ।

काठमाडौंको दशरथ रंङशालामा चीन सरकारको टोलीले लाईट्स जडान गरेको बताउदै मन्त्री घिमिरेले प्रवीधिक टोलीको अभाव र प्रक्रिया पुराउने क्रममा धेरै ढिलाई भएको स्वीकार गर्नुभयो । तथापी उहाँले भन्नुभयो, ‘अब सबै प्रक्रिया पुरा भएको छ। द्रुतगतिमा काम हुनेछ र बैशाख १५ गतेसम्ममा सहिद मैदानमा लाईट्सको भइसक्नेछ। निरीक्षणका क्रममा मैदानको पूर्वतर्फको दुई भागमा क्षति पुग्ने भएकाले निर्माण टोलीले पाईल फाउण्डेसनबाट काम अघि बढाउने भएको छ।’

यससंगै चैत्र २७ गतेबाट बैशाख ६ गतेसम्म हुने विराट गोल्डकप पनि अन्यौलमा परेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले केहीदिन अघि सो मितिसहित प्रतियोगिता आयोजना गर्न एन्फाको क्यालेण्डरमा समायोजन गरेको थियो। सो समय लाईट्सकै कार्य हुने भएकोले गोल्डकप कसरी गर्ने विराट गोल्डकप ट्रष्ट अन्योलमा देखिएको छ। निरीक्षणका क्रममा राष्ट्रिय खेलकुद परिषदका इन्जिनीयर सञ्जीवकुमार पाठक, मन्त्रालयका सचिव बीरबहादुर राईको उपस्थिती रहेको थियो। फ्लड लाईट्स निर्माणका लागि प्रदेश सकार र विराटनगरको कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनबीच गत आसोज पहिलोसाता नै ४ करोड २९ लाख रुपैयामा सम्झौता भएको हो।

त्यसयता फल्ड लाईट्सका लागि माटो परिक्षण, लाईट्स निर्माणको डिजाईन परिवर्तनले समय लागेको कन्स्ट्रक्सनका प्रमुख गणेश कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार निर्माण कार्य शुरु भएको ९० दिनभित्र लाईट्स जडान भइसक्ने छ। जमिनबाट करिब ३३ मिटर अग्लो हुने लाइट्स मध्ये प्रत्येक एकमा २७ वटा गरि कुल १ सय ८ वटा बत्ती लगाइने छ। लाइट्स जडान हुने मास्ट मैदानको चौतर्फी चारस्थानमा निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्