८ लाख घुस रकमसहित गाउँपालिका अध्यक्ष पक्राउ



कृष्णप्रसाद अधिकारी, दैलेख ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर के.सी. सहित २ जना घुससहित पक्राउ परेका छन् । के.सी.ले सोही गाउँपालिकाको वडा नं. ५ मा विभिन्न उपभोक्ता समिति मार्फत भएको सडक निर्माणको विल भुक्तानीको लागि घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

सुर्खेतबाट गएको अख्तियार टोलीले के.सी. र निजसंगै रहेका चन्द्र बहादुर बस्नेत समेत २ जनालार्ई आठ लाख घुस वापतको रकम लिइ सकेको अवस्थामा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ कटकुवा हेल्थपोष्ट नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि चप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्