महिलालाई फोन गरेर जिस्क्याउने दुई युवक प्रहरी फन्दामा



न्युज अफ नेपाल, काठमाडौँ ।

पटक पटक फोन गरेर महिलालाई जिस्क्याएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका २ बस्ने अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने इन्दल यादव रहेको बारब प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १८ की एक महिलालाई फोन गरेर जिस्क्याउदै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहार मुद्दामा दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्