ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



कृष्णप्रसाद अधिकारी,दैलेख ।

जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं ४ को मन्घरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

शुक्रबार विहान करीब ८ः३० बजेतिर जाजरकोटको सुयाडा देखि दैलेखको बेस्तडा बजार आउँदै गरेको भे १ च ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुदा भगवतीमाई गाउँपालिका वडा नं ५ का  भिम बहादुर बि.कको घटनास्थलमै मृत्यु भएको छ

सोही ठाउँका अन्य २ जना घाइते भएका इलाका प्रहरी कार्यालय बेस्तडाका प्रहरी सहायक निरिक्षक मनोज कंडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्